वीरगञ्ज । अखिल नेपाल पिछडावर्ग ओविसी महासङ्घ पर्साको शनिबार बैठक सम्पन भएको छ । ओबिसी पर्साका अध्यक्ष प्रमोद महतो तथा अखिल पिछडावर्ग महासङ्घका केन्द्रीय सदस्य अकलेश शाहको प्रमुख आतिथ्यमा उक्त बैठक सम्पन भएको हो । बैठकमा संगठनप्रति गलत प्रचारप्रसार खण्डन गराउने , किसानलाई मलखाद उपलब्ध गराउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने , जाडो मौसममा गरिव तथा असहायहरुलाई सहयोग गर्ने जस्तो निर्णय गरिएको जिल्ला सचिव नवलकिशोर साहले जानकारी गराएको । बैठकमा शुभनारायण ठाकुर , राजन शाह कानु , अरुन कुशवाहा सन्दिप महतो , कृष्ण कुशवाहा , बोला यादव , अत्रेन्द्र पटेल , विनोद यादव , प्रमोद पटेल लगायतको उपस्थिति रहेको थियो ।