वीरगन्ज । अत्याधिक चिसो र मौसममा अपेक्षित सुधार नआएकाले बिन्दबासिनी गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयमा जाडो बिदा थप गरिएको छ।
गाउँपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार आइतबार र सोमबार गरी दुई दिनका लागि विद्यालयहरूमा बिदा थप गरिएको हो। मौसम अनुकूल भएमा विद्यालयहरू बुधबार १६ गतेदेखि नियमित रूपमा सञ्चालन हुने शिक्षा शाखाले जानकारी दिएको छ।
विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको शिक्षा शाखाले जनाएको छ।