वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना पक्राउ गरेको छ ।आईतबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पक्राउ गरेका छन् ।मोटरसाइईकलको टंकीभित्र लुकाइछिपाई लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिरहेको भन्ने प्राप्त सूचना अनुसार उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन फेला परेको छ ।जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा बस्ने रामबाबु ठाकुर, ना.५६ प ५४१७ नम्बरको मोटरसाईकल र बरामद भएका लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।साथै; उक्त घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।