बीरगंज । पर्साको ग्रामीण क्षेत्रमा रहेका खोलाहरु बाट प्रहरी र बन कर्मचारी को मिलोमतो खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ को उत्खनन भैरहेको छ।
पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिङ्गगाहि पर्सा गढी नगरपालिका मा पर्ने जमुनिया खोला र जिराभवानि गाउँ मा पर्ने सुगिभार र पटेर्वा सुगौली गाउँ पालिका मा पर्ने गादी खोला खोला बाट अबैध रुपमा नदिजन्य प्रदार्थको उत्खनन तथा तस्करीमा वृद्धि भएको छ ।
स्थानिय तहले सावन १ गते देखिनै गिट्टी , बालुवा , ढुंगाको उत्खनन तथा निकासीमा रोक लगाय पछी अहिले तस्कर हरु प्रहरी र बन कर्मचारी कै मिलोमतोमा गिट्टी बालुवाको तस्करी गरि स्थानीय स्तरमा निजि कार्यको लागि महङ्गो दरमा बिक्री गरिरहेका छन ।
तस्कर हरुले सिङ्गगाहि खोला , गादी ,जमुनिया सुगिभार खोला बाट बनका कर्मचारी र प्रहरिको मिलोमतोमा व्यापक रुपमा सो खोला हरु बाट बिहान बेलुका र राती गरि गिट्टी , बालुवा र ढुंगाकाे तस्करी भइरहेको स्थानिय हरुले बताएका छन ।
सो खोलाको नाकामा पर्ने सब डिबिजन बन कार्यालय बडनिहार , रेन्ज पाेषट छतवनटाडि , मनवा रेन्ज पोस्ट सेक्टर बन कार्यालय रंग पुर , सब डिभिजन बन कार्यालय बसन्त पुर तथा बडनिहार प्रहरी चौकी , मनवा प्रहरी चौकी रङ पुर प्रहरी चौकी ,ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली प्रहरी चौकी हरैया मिलोमतोमा तस्करी हुने गरेको बताइयको छ । उनी हरु कै मिलोमतोमा सो नदि हरु बाट बिहान बेलुका तथा राती गरि दर्जनौ टेक्टर हरु खोलामा प्रबेस गरि गिट्टी बालुवा तथा ढुंगा लोड गरि दिन दहाडै तस्कर हरुले बन कार्यालय र प्रहरी चौकीको अगाडि बाट ल्याउदा समेत उनिहरु मुखदर्सक बनेको ले गर्दा उनीहरुको पनि मिलोमतो रहेको स्थानीयले असन्का गरेका छन
अहिले पर्सागढी नगरपालिका जिराभवानी गाउँ पालिका परेर्वा सुगौली गाउँ पालिका मा २५ सय पर्ने गिट्टी बालुवा ४ हजारमा र ढुंगा ५ हजार पर्ने ८ हजारमा तस्कर हरु सङ किनि निजि कार्य गर्नु परिरहेको स्थानीयले बताएका छन
। पर्सामा जिराभवानी गाउँ पालिका मा पर्ने भलुवाहि खोला र पर्सागगढी नगरपालिका मा पर्ने कर्जनिया खोला बाहेक अरु खोला को ठेक्का नभएकोले पनि प्रहरी र बन कर्मचारी ले कमाउने खाने भाडो को रुपमा प्रयोग गर्दा समेत माथिलो निकाय को ध्यान जान सकेको छैन जस्को कारण ले लाखौ को राजस्व खेर गइरहेको स्थानीयले बताएका छन।