वीरगञ्ज । सिद्धार्थ माध्यमिक विद्यालय, वीरगञ्जले विद्यालय विकासका लागि रु ५० लाखको आर्थिक सहयोग प्राप्त गरेको छ। नेपाल लाइफ इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो।
आज विद्यालय परिसरमा आयोजित एक कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका निर्देशक कमलेश कुमार अग्रवालले विद्यालयका प्रधानाध्यापक विनोद मेहतालाई रु ५० लाखको चेक हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका CEO रामानन्द पराजुली, DCEO अमित कुमार क्याल, प्रदेश प्रबन्धक दशरथ झा, हेड अफ ब्रान्ड अमित झा, वीरगञ्ज शाखा प्रबन्धक रोशन यादव, साथै विद्यालयका शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय परिवारले शिक्षा क्षेत्रको विकासमा योगदान पुर्याउने यस्ता सहयोगी हातप्रति धेरै धेरै धन्यवाद व्यक्त गरेको छ।