बाँके । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी नेपाल प्रहरीका चर्चित तथा अनुभवी अधिकृतका रूपमा परिचित छन्। बाँकेको कमाण्ड सम्हालेपछि उनले लागूऔषध कारोबार नियन्त्रण, चोरीका घटनामा न्यूनीकरण तथा सवारी दुर्घटना कम गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखी प्रभावकारी ढङ्गले काम गरिरहेका छन्।
एसपी जिसीको नेतृत्वमा बाँकेमा नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ। शान्ति–सुरक्षा कायम गर्न नियमित गस्ती, सूचनामूलक अभियान र समन्वयात्मक कार्यशैली अपनाइँदा अपराध नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा लामो समय कार्यरत रहेका एसपी जिसी दक्ष अनुसन्धान अधिकृतका रूपमा समेत चिनिन्छन्। उनले विगतमा धेरै जटिल तथा गम्भीर प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरी न्यायिक प्रक्रियालाई टुंगोमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
प्रहरी संगठनभित्र उच्च मनोबलका साथ काम गर्ने, अनुशासन र व्यावसायिकता कायम राख्ने तथा शून्य सहनशीलताको नीति अवलम्बन गर्ने अधिकृतका रूपमा उनको व्यापक सम्मान छ। स्थानीय समुदाय, सरोकारवाला निकाय र प्रहरीबीचको सहकार्यलाई बलियो बनाउँदै उनले बाँकेमा सुरक्षित वातावरण निर्माणतर्फ उल्लेखनीय योगदान दिइरहेका छन्।