

बीरगंज । पर्साको ठोरी गाउँपालिका वडा -०१ मा रहेको बृद्धबृद्धा आश्रमलाई थापा परीवारले कपडा धुने मेसीन तथा खाघन्न समाग्री वितरण गरेका छन् । ठोरी -०२ निवासी सुदीप थापाले आफ्नो बुबा भरत बहादुर थापा र छोरा रोजदिप थापाको जन्मउत्सबको अवसर पारेर आश्रममै उपस्थीत भई सामाग्री बितरण गरेका हुन । कार्यक्रममा बोल्दै थापाले बृद्ध आश्रममा अशक्त हरुलाई कपडा धुन र खाना पकाउन सबैभन्दा समस्या रहेको जानकारी पाएपछी सो आधुनीक मेसीन हस्तानतरण गरेको बताए । कार्यक्रममा स्थानीय युवा ब्यवसाही तथा समाजसेवी धिर सीहँ घिमीरेले संस्था संचालनको कठीनायीमा सधै सबै मलहम बनेर उपस्थीती हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै ठोरी -०१ का वडा अध्यक्ष राम प्रकाश कुवँरले अशक्तको आश्रममा बिभीन्न तवरबाट सहयोग हुन सरानिय बिषय रहेको बताउदै आफुले संस्थाको दिर्घकालिन हित र संरक्षणका लागी प्रस्ताब समेत पटक पटक माथी लगेको बताए । कार्यक्रममा बृद्ध बृद्धा तथा असहाय आश्रमका संचालक आश बहादुर गुरुङले आफु बृद्ध हुदै गईरहेको अवस्थामा यो संसथालाई कसरी अगाडी बढाउने भन्ने चिन।ता बढ्दै गएको जानकारी दिए । हाल आश्रममा बिभीन्न उमेर समुहका २० जना भन्दा बढी अशक्त ब्यक्ती संरक्षीत छन् ।