बिरगंज । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई आज पकाहा मैनपुरका कार्यवाहक अध्यक्ष भगवान लाल पटेलको अगुवाई तथा जिल्ला अध्यक्ष प्रमोद महतो एवं जिल्ला सचिव राजन कुमारको विशेष पहलमा ज्ञापन पत्र बुझाइएको हो । नेपाल हाम्रो कृषि प्रधान देश भै तापनि कृषकहरुका लागि चाहिने खाद्द मल , बिउबिजन लगायतका सामग्रीहरु कृषि सामाग्री कम्पनीले किसानहरु लाई उपलब्ध नगरेकोले आज ओबिसि पर्साले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । किसानहरुको समस्या दिनदिनै जटिल हुदै गएकोले समयमा समाधान नभएको खण्डमा हामि कडा भन्दा कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । त्यस बाट हुने क्षतिको जिम्मेवारी नेपाल सरकार लाई लिनु पर्ने जनाएका छन् । अखिल नेपाल पिछडावर्ग (OBC) महासंघले गम्भीर ध्यानाकर्सन गरि यस्ता कदम चालेको हो ।