

बीरगंज । नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठन अखिल नेपाल पिछडावर्ग (OBC) महासङ्घको केन्द्रिय कमिटी पुर्नगठन भएको छ । नेकपा एमालेका पूर्वमन्त्री एवं केन्द्रिय कार्यालय सचिव शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा तथा प्रदेश सदस्य तेजप्रकाश निषादको अध्यक्षतामा नेकपा एमालेको केन्द्रिय कार्यालय थापाथली कार्यालयमा बसेको बैठकले ओवीसि महासङ्घको केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । प्रदेश सदस्य निषादको अध्यक्षता भएको बैठकले ३३ सदस्यिय केन्द्रिय कमिटी पुर्नगठन गरेको छ । उक्त पुर्नगठित केन्द्रिय कमिटीको वरिष्ठ उपाध्यक्ष मदन किशोर कामत , उपाध्यक्ष रामचन्द्र मेहता , कृष्ण कुमार गुप्ता , गायत्री देवी यादव , बेचु केवट , अकलेस कुमार शाह , महासचिव जय प्रकाश महतो , सह-महासचिव धनराज गुप्ता , सचिव सियाराम कुशवाहा , मणाल कुमार शाह, प्रवक्ता शशी महतो , सदस्य राधेश्याम सहनी , मुकेश मेहता , महेन्द्र कामत , आकाश यादव , लिला कशावाहा, गौरी मुखिया , पुनम कुमार शाह ,नन्दलाल मुखिया, बलिराम सहनी , अभिशेखमनी यादव , हरेराम केवट , मुरली गोडीया , राजेश सहनी , प्रमोद राज पटेल , राजन साह कानु , मनोज मेहता , शकर यादव , जितेन्द्र यादव , सन्तोष कापर , दिलिप कुमार दास , दिपेन्द्र शाह लगायत रहनु भएका छन्।