वीरगञ्ज । नेकपा एमालेले पर्सा जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरूका लागि उम्मेदवार टुंगो लगाएको छ। पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट प्रमोद जैसवाल र क्षेत्र नं. ४ बाट जालिम मियाँलाई टिकट दिने निर्णय गरिएको हो।
केन्द्रीय कमिटीले पूर्व मन्त्री एवं हाल प्रदेश सभा सदस्य रहेका प्रमोद जैसवाललाई क्षेत्र नं. ३ का लागि प्रतिनिधिसभा उम्मेदवारको रूपमा अघि सारेको छ। अनुभवी र जनआधार भएका नेताका रूपमा जैसवाललाई अघि सारिएको पार्टी स्रोतले जनाएको छ।
यसैगरी, पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट जालिम मियाँलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरिएको छ। पार्टी संगठन मजबुत बनाउने र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने लक्ष्यसहित यी उम्मेदवार छनोट गरिएको एमालेले जनाएको छ।
उम्मेदवार चयनसँगै पर्सा जिल्लामा एमालेको चुनावी गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ।