वीरगञ्ज ।नारायणघाटमा बृह्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वेस्टर्न नेपाल प्रा.लि. जावा मोटरसाइकल नारायणघाटले आफ्नो बार्सिक उत्सव रक्तदान कार्यक्रम सम्पन्न भएको हो । लियो कल्ब र नेपाल रेडक्रसको सहकार्यमा रक्तदान कार्यक्रमको अयोजना गरिएको थियो । जावा मोटरसाइकल सोरुममा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । १६ महिला सहित ५६ जनाले रगत दान कार्यक्रममा सहभागी भएको जावा मोटरसाइकल सोरुमले जनाएको छ । रक्तदान कार्यक्रममा पुजा बस्नेत , ज्योति पौडेल कमल सुवेदी र आयुस रिजाल लगायतको उपस्थित रहेको थियो ।