वीरगन्ज । बीरगंज महानगरपालिकामा रहेको नारायणी रंगशालामा वीरगन्ज युवा चैंप्स क्लबले विभिन्न कलेजहरू बीच नकआउट T-20 क्रिकेट टुर्नामेन्ट आयोजना गरेको छ। नकआउट क्रिकेट टुर्नामेन्टमा वीरगञ्जका १६ वटा कलेजहरुले सहभागिता जनाएका छन् । पर्सा क्रिकेट एशोसिएसनको सहायतामा वीरगञ्जमा तेस्रो पटक वीरगन्ज युवा चैंप्स क्लबले टुर्नामेन्ट आयोजना गरेको हो।
टुर्नामेन्टको प्रमुख अतिथि क्रिकेट क्षेत्रमा ठुलै योगदान दिनु भएको रितेश सरावगी ,विशिष्ट अतिथि सायद अलि मन्सुर,सभापति वीरगन्ज युवा चैंप्स क्लबको अध्यक्ष रमिज अन्सारी लगायत विभिन्न कलेजबाट आउनुभएको शिक्षक तथा कोचहरुको उपस्थितिमा यस टुर्नामेन्ट लाई प्रारम्भ गरिएको हो।नेपाल आमालाई सम्झिने गरी राष्ट्रगानको पहिचान दिई नृत्यकाला सहित आजको टुर्नामेन्ट लाई आयोजना गरिएको हो।
आजको उदघाटन सत्रमा नेशनल इन्फोटेक कलेज र सिद्धार्थ इन्टरनेशनल कलेज एक आपस मा प्रतिस्पर्धा गरी टुर्नामेन्ट को सुरुवात गरिएको हो । फिरोज अन्सारी र विवेक बगोटी को अम्पाइरिङ मा दुवै टिम भिड्ने छ। सिद्धार्थ कलेज ले टोस जितेर व्याटिङ गर्ने निर्णय गरिएको कुरा आजको अम्पाइर फिरोज अन्सारी ले बताउनु भएको छ। क्लबको अध्यक्ष रमिज द्वारा सहभागीता जनाउने सम्पूर्ण कलेज को शिक्षक हरु लाई बधाई र खेल्ने सम्पूर्ण खेलाडी हरुलाई शुभकामना व्यक्त गरिएको छ। यस टुर्नामेन्टको कमेन्टेटर तथा उद्घोषकको रूपमा असलम अन्सारी द्वारा हुने सबै खेलमा कमेन्टेटर गरिनेछ।यो क्रिकेट २०/२० वोभर को हुनेछ र हार्ने टिम खेल बाट बाहिर हुने छ। हरेक टीम लाई ६/६ ओभर पावर प्ले को रूपमा खेल्नु पर्नेछ । अम्पायरको निर्णय लाई स्वीकार गरी अनुशासन मा रहेर खेल हरु खेल्नु पर्ने छ जस्तो कुरा आयोजक अध्यक्ष रमिज संसारी द्वारा भनिएको हो।