काठमाडौं । जिल्ला हुलाक कार्यालय, बाराको हुलाक बचत बैंकमा भएको रकम अपचलन सम्बन्धी मुद्दामा अधिकृत सुजित कुमार साहले विशेष अदालतबाट पूर्ण रूपमा सफाई पाउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अदालतले साहलाई निर्दोष ठहर गरेको हो ।
लामो समयको अनुसन्धान र कानुनी बहसपछि विशेष अदालतले सुजित कुमार साहको यस प्रकरणमा कुनै संलग्नता नरहेको पुष्टि गरेको छ । सरकारी सेवामा इमानदार छवि बनाउनुभएका साहका विरुद्ध लगाइएका आरोपहरू निराधार सावित भएसँगै उहाँले न्याय पाउनुभएको हो । अदालतको यो फैसलाले सत्यको विजय भएको र निर्दोष व्यक्तिलाई अन्याय नहुने सन्देश प्रवाह गरेको छ ।
बारा हुलाक कार्यालयमा कार्यरत रहँदा अन्य केही कर्मचारीहरूको मिलेमतोमा बचतकर्ताको रकम दुरुपयोग भएको भन्दै अख्तियारले साहलगायतका कर्मचारी विरुद्ध मुद्दा दायर गरेको थियो । यद्यपि, साहले आफ्नो कार्य अवधिमा प्रचलित कानुन बमोजिम नै जिम्मेवारी पूरा गरेको र हिनामिनामा उहाँको कुनै भूमिका नरहेको प्रमाणहरूले पुष्टि गरेका छन् ।