

बीरगंज । केही महिना अघी आगलागी भएको ठोरी - २ ईछ्छानगरका प्रजा परीवारलाई स्थानीय युवाको अगुवाईमा ६ कोठाको २ वटा घर निर्माण गरी हस्तान्तरण भएको छ । २०७७ चैत्र २८ गते आगलागी बाट कृष्णबहादुर नगरकोटी र पलवान प्रजाको दुई घर पुर्ण जलेर नष्ट भएको थियो । आगलागी बाट पुर्ण क्षती भएको घरलाई नव निर्माण गर्न स्थानीय धिर सिहँ घिमिरेको संयोजनमा समिती निर्माण भएको थियो । पिडीतलाई आज एक कार्यलमका बिच निर्माण समितीले घर हस्तान्तरण गरेका हुन । घर निर्माण गर्न बिभीन्न ब्यक्ती , समुह तथा संघ सस्थाले समितीलाई सहयोग गरेका थिए । कर्यक्रममा श्री सरस्वती माबी का प्राध्यानअध्यापक केशब प्रसाद रेग्मीले यस्ता बिपदमा पहिलो उपस्थीती राज्यको हुनुपर्नेमा युवाहरुको अगुवाईले छोटो समयमा घर निर्माण गरेर हस्तानतरण गर्नु उदारणीय भएको बताए । कार्यक्रममा बोल्दै वडा नं २ का वडा अध्यक्ष किशोर तमागंले युवाहरुले यती ठुलो आँट गरेर ८ महिना भित्रै २ घर निर्माण गरेर हस्तानतरण गर्नु सरहानीय रहेको बताए । केही रकम अझै अभाब रहेछ म केही समयमानै अभाब रकमको जोगाड लगाउछु उनले प्रतीबद्धता ब्यक्त गरे । यस्तै कार्यक्रममा बोल्दै पिडीत कृष्ण बहादुर नगरकोटीले जलेर पुर्ण नष्ट भएको भएपनी नयाँ घर पाएकोमा खुशी सहित धन्यवाद ब्यक्त गरे । कार्यक्रममा मोबाईल एसोसिएसन अफ नेपाल का केन्द्रिय सदस्य छतेन्द्र आचार्य , ठोरी सम्मनय समाजका प्रबता सुदीप थापा , नागरीक समाजका स ठोरी संयोजक सन्तोष श्रेष्ठ , नेकपा एमाले ठोरी गाँउ कमीटी अध्यक्ष नर बहादुर क्षेत्री , नेपाली काग्रेशका वडा सभापती देबी प्रसाद पराजुली र नेकपा माओवादीका गाँउ कमीटी अध्यक्ष भैरब बहादुर बस्नेतले मन्तब्य राखेका थिए । कार्यक्रम निर्माण समीती संयोजक धिर सिहँ घिमीरेको सभापतीत्वमा संम्पन्न भएको थियो । घिमिरेले आफ्नो निर्माण समितीलाई सबैको सहयोग अतुलनीय भएकोमा सहयोगी मनलाई धन्यवाद ब्यक्त गरे ।