बीरगंज । जिल्ला प्रहरी कार्यालय बारा मातहतको प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरी टोलीले गत १९ गते आईतबार राती हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । बाराको कलैया उपमहानगरपालिका वडा नं. १२ धर्मनगर टोलबाट हराएको प्रदेश २-०-३-००२ प ७२६५ नम्बर रहेको हिरो होण्डा सुपर स्पलेन्डर मोटरसाइकल सोही उपमहानगरपालिका वडा नं.२० बसतपुर टोल स्थित सार्वजनिक स्थानमा फेला पारेको हो ।
प्रहरीका अनुसार उक्त मोटरसाइकल परालको टालहरूमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो । साथै प्रहरीले आज उक्त मोटरसाइकल धनी अफरोज मिया ठकुराईलाई जिम्मा लगाएको छ।