वीरगन्ज । वीरगंज महानगरपालिकामा रहेको प्रख्यात नारायणी रंगशालामा वीरगन्ज युवा चैंप्स क्लबले २०८७/०८/२५ देखि कलेजहरु बिच डिउज बौलले टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ । टुर्नामेन्टको तेस्रो क्रिकेट मैच बीपीसी VS बीएमसी बीच खेलिएको थियो । जस मध्ये बीएमसी ले पहिलो व्याटिङ गर्दा २० ओभर को समाप्तिमा ८ विकेट गुमाई ९१ रन बनाएको थियो। बीएमसी का खेलाडी मो.आरिफ आलम अन्सारी ले उत्कृष्ट योगदान दिएका थिए।उनले ३१ बौल को सामना गरी २८ रन बनाएका थिए जस मध्य २ वटा चौका र १ छका प्रहार गरेका थिए। त्यस्तै शेरी अदा ले ४० बौल को सामना गर्न १९ रन र जाएद अन्सारीले १४ बौल को सामना गरी आफ्नो टिमको लागि १७ रन बनाएका थिए।


यसरी बीएमसी ले बीपीसी लाई ९२ रनको लक्ष्य राखेको थियो। बीपीसी ले राम्रो प्रदर्शन गरी सजिलै संग लक्ष्य प्राप्त गर्न सफल भए। ४ विकेट गुमाई ११.१ ओभर मै बीपीसी ले लक्ष्य लाई प्राप्त गरे। बीपीसी का तौसिफ शेख ३५ बौल को सामना गरी ४० रन को योगदान दिएका थिए। जस मध्ये ४ वटा चौका र एउटा ठूलो छका प्रहार गरेका थिए त्यस्तै अमन अन्सारीले १८ बौल को सामना गरी २१ रन को योगदान दिएका थिए।अन्सारीले २ वटा चौका र एउटा छका प्रहार गरेका थिए। बीपीसी को उत्कृष्ट बलिङ को प्रदर्शनले बीएमसी लाई पराजित गर्न सफल भए। बीपीसी का मह फुज आलम ले ४ ओभर मा १२ रन खर्च गरी बीएमसी का ४ वटा खेलाडी लाई आउट गरेको हुनाले उनलाई मैच का मैन अफ द मैच घोषित गरेको थियो।