वीरगन्ज । वीरगंज महानगरपालिकामा रहेको प्रख्यात नारायणी रंगशालामा वीरगन्ज युवा चैंप्स क्लबले २०८७/०८/२५ देखि कलेज हरु बिच डिउज बौल ले टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ।टुर्नामेन्ट को दोस्रो क्रिकेट मैच अल्पाइन+२ VS सेन्जेभियर्स +२ बीच खेलिएको थियो । जस मध्ये अल्पाइन+२ ले पहिलो व्याटिङ गर्दा १९.२ ओभरमा १० विकेट गुमाई १०४ रन बनाएका थिए। अल्पाइन +२ का खेलाडी रोहित तिवारीले ५६ बौलको सामना गरी ३५ रन को उत्कृष्ट योगदान दिएका थिए।उनले ३५ रनको योगदानमा ५ वटा चौका प्रहार गरेका थिए। त्यस्तै शक्ति सराफ ले ११ बौल को सामना गरी एउटा चौका लगाई १४ रन बनाएका थिए।


यसरी अल्पाइन +२ ले सेन्जेभियर्स +२ लाई १०५ रनको लक्ष्य राखेको थियो। सेन्जेभियर्स +२ ले राम्रो प्रदर्शन गरी सजिलै संग लक्ष्य प्राप्त गरे। ३ विकेट गुमाई १६.४ ओभर मा सेन्जेभियर्स +२ ले लक्ष्य लाई प्राप्त गरे। सेन्जेभियर्स +२ का ससी प्रजापतिले ४८ बौल को सामना गरी ४२ रन को योगदान दिएका थिए। जस मध्ये ३ वटा चौका र एउटा ठूलो छका प्रहार गरेका थिए त्यस्तै जिशान अन्सारीले ७ बौल को सामना गरी नबाद १४ रन को योगदान दिएका थिए।अन्सारीले ३ वटा चौका प्रहार गरेका थिए। सेन्जेभियर्स +२ का उत्कृष्ट ब्याटिङ को प्रदर्शनले अल्पाइन+२ लाई पराजित गर्न सफल भए। सेन्जेभियर्स +२ को सशि प्रजापतिको उत्कृष्ट बलेबजीको गरेको हुनाले उनलाई मैच का मैन अफ द मैच घोषित गरिएको थियो।त्यस्तै सेन्जेभियर्स +२का रोहित तिवारीले २ ओभरमा ९ रन खर्च गरी दुई विकेट पनि लिन सफल भएका थिए भने मुस्कान चौधरी ले ३.५ ओभर मा २८ रन खर्च गरी एक विकेट लिएका थिए।