वीरगन्ज । वीरगंज महानगरपालिकामा रहेको प्रख्यात नारायणी रंगशालामा वीरगन्ज युवा चैंप्स क्लबले २०७८/०८/२५ गते देखि वीरगञ्ज का विभिन्न कलेज हरु बिच डिउज बौल ले टी-२० नोकआउट टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ। टी-२० नोकाउट टुर्नामेन्ट को चौथो क्रिकेट मैच ग्लोबल बिजनेस कलेज VS नेशनल कलेज बीच खेलिएको थियो । जस मध्ये ग्लोबल बिजनेस कलेज ले पहिलो व्याटिङ गर्दा २० ओभरको समाप्तीमा ४ विकेट गुमाई १९६ रन बनाएका थिए। ग्लोबल बिजनेस कलेज का खेलाडी शेख इमरान ले १२९ रनको शतकीय पारी मात्र ७४ बौलको सामना गरी उनले आफ्नो टिमको लागि सर्वोत्कृष्ट योगदान दिएका थिए।उनले १२९ रनको योगदानमा १७ वटा चौका र ३ वटा ठूलो छका प्रहार गरेका थिए। त्यस्तै इरफान मालिकले ७ बौल को सामना गरी तीन वटा चौका लगाई १५ रन बनाएका थिए।


यसरी ग्लोबल बिजनेस कलेज ले नेशनल कलेज लाई १९७ रनको लक्ष्य दिएको थियो। नेशनल कलेजले अन्तिम सम्म लड़ाई गरी रहँदा पनि लक्ष्य लाई प्राप्त गर्न सफल भएनन्। नेशनल कलेज ले ९ विकेट गुमाई २० ओभरको समाप्तीमा जम्मा १४० रन बनाउन सफल भएका थिए जसकारण नेसनल कलेज लाई हरको सामना गर्नु पर्यो। नेशनल कलेजका मोहमद बाबुजनले ५३बौल को सामना गरी ५९ रन को योगदान दिएका थिए। जस मध्ये ७ वटा चौका र दुई ठूलो छका प्रहार गरेका थिए त्यस्तै उपेन्द्र गुप्ताले १२ बौल को सामना गरी २६ रन को महत्वपूर्ण योगदान दिएका थिए । गुप्तले ३ वटा ठूलो छका र एउटा चौका प्रहार गरेका थिए। ग्लोबल बिजनेस कलेजका खेलाडी हरु को उत्कृष्ट ब्याटिङ को प्रदर्शनले नेशनल कलेज लाई पराजित गर्न सफल भए। ग्लोबल बिजनेस कलेज को शेख इमरानले शतकीय पारी खेलेका हुनाले उनलाई मैच का मैन अफ द मैच घोषित गरिएको थियो।त्यस्तै ग्लोबल कलेज कै विकास गुप्ताले ४ ओभरमा २९ रन खर्च गरी तीन विकेट पनि लिन सफल भएका थिए भने रोहन यादवले ४ ओभर मा ३३ रन खर्च गरी दुई विकेट लिएका थिए।