वीरगञ्ज । वीरगंज युवा च्याम्पस् क्लबको आयोजनामा वीरगञ्जमा जारी बि.वाई.सि.सि.कप इन्टर कलेज नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनल खेलमा वीरगञ्जको आयरा एकेडेमीले शानदार जित हासिल गरेको छ ।
खेलको पहिलो चरणमा मैदानमा उत्रिएको पिस जोन एकेडेमी वीरगञ्जले ५ विकेट गुमाउँदै २० ओभरमा १०६ रन बनाएको थियो ।
१०७ रनको लक्ष्य पछ्याएको आयरा एकेडेमीले ७ विकेट गुमाउँदै १३ ओभरमै लक्ष्य हासिल गरेको थियो । जसकालागि आयरा एकेडेमीका कप्तान भुटन साहले लगातार तीन पटक छक्का प्रहार गरेका थिए ।
प्रतियोगिताको म्यान अफ द म्याच आयरा एकेडेमी वीरगंजका कप्तान भुटन साह घोषित भएका थिए ।