बीरगंज । वीरगंज महानगरपालिकामा रहेको प्रख्यात नारायणी रंगशालामा वीरगन्ज युवा चैंप्स क्लबले २०७८/०८/२५ गते देखि वीरगञ्ज का विभिन्न कलेज हरु बिच डिउज बौल ले टी-२० नोकआउट टुर्नामेन्ट आयोजना गर्दै आइरहेको छ। टी-२० नोकाउट टुर्नामेन्ट को दसौं क्रिकेट मैच ग्लोबल बिजनेस कलेज VS वीपीसी+२ बीच खेलिएको थियो । आजको मैच क्वाटरफाइनल को रूपमा खेलिएको थियो।जस मध्ये ग्लोबल बिजनेस कलेज ले पहिलो व्याटिङ गर्दा २० ओभरको समाप्तीमा ६ विकेट गुमाई १६३ रन बनाएका थिए। ग्लोबल बिजनेस कलेज का खेलाडी शेख इमरान ले अर्धसतकीय पारी खेलेका थिए । उनले ३६ बौलको सामना गरी आफ्नो टिमको लागि ५५ रनको सर्वोत्कृष्ट योगदान दिएका थिए।उनले ५५ रनको योगदानमा १० वटा चौका प्रहार गरेका थिए। त्यस्तै रंजन साहले ४० बौल को सामना गरी एउटा चौका र एउटा छका लगाई ३९रन बनाएका थिए।


यसरी ग्लोबल बिजनेस कलेज ले बीपीसी+२ लाई १६४ रनको लक्ष्य दिएको थियो। बिपीसी+२ ले १० विकेट गुमाई १५.१ ओभरको समाप्तीमा जम्मा ५७ रन बनाउन सफल भएका थिए जसकारण बीपीसी+२ लाई हारको सामना गर्नु पर्यो र खेलबाट बाहिर हुनु परेको छ। बीपीसी+२ का करन पालले १७ बौल को सामना गरी १७ रन को योगदान दिएका थिए भने त्यस्तै मुस्तुका अन्सारीले १४ बौल को सामना गरी मात्र ८ रन बनाएका दिएका थिए ।ग्लोबल बिजनेस कलेजका खेलाडी हरु को उत्कृष्ट ब्याटिङ र बौलिङको प्रदर्शनले गर्दा बीपीसी+२ लाई औल आउट गरी सजिलै संग पराजित गर्न सफल भए। ग्लोबल बिजनेस कलेज को शेख इमरानले अर्धसतकीय पारी खेली र सानदार बौलिङ को प्रदर्शन गरेका हुनाले उनलाई मैच का मैन अफ द मैच घोषित गरिएको थियो।इमरानले ४ ओभर को समाप्तिमा १९ रन खर्च गरी तीन वटा महत्वपूर्ण विकेट लिएका थिए।त्यस्तै ग्लोबल कलेजकै रिजवान शेखले २.१ ओभरमा जमा ०२ रन खर्च गरी दुई विकेट लिन सफल भएका थिए ।
यसरी ग्लोबल बिजनेस कलेज को खेलाडिहरू को उत्कृष्ट प्रदर्शन ले गर्दा उनिहरू लगातार दुइटा मैच जितेर सेमी फाइनल मा जगह बनाउन सफल भएका छन्।