राजन कुमार बानिया


वीरगंज । टि २० सामुहिक युवा टिम बसन्तपुर द्वारा पोखरिया नगरपालिका को वडा नं ३ बसन्तपुर खेलमैदानमा जारी पहिलो टी–२० क्रिकेट प्रतियोगिता लाई एक कार्यक्रम का बिच प्रमुख अतिथि पोखरिया नगरपालिका का नगरप्रमुख दिपनारायण रौनियार ले उदघाटन गर्नु भएको छ। उदघाटन कार्यक्रम लाई संबोधन गर्दै नगरप्रमुख ले भने खेल बाट मस्तिक र शारिरिक बिकास हुन्छ । खेल ले गर्दा रोग हरु लागदैन शरीर फुर्तिलो र स्वास्थ बनाउन को साथै युवा हरु ले खेल बाट गाउँ र देश को नाउँ पहिचान गराउ्छन । देश मा भौतिक बिकास को साथै खेल को बिकास मा युवा हरु को अवस्क्ता रहेको नगरप्रमुख रौनियार ले बताए । जब सम्म युवा हरु को बिकास हुदैन जब सम्म देश को बिकास हुदैन। खेलाडी युवा हरु को पोखरिया नगरपालिका बाट सधै सहयोग गरि युवा खेलाडी हरु लाई साथ र सहयोग गरि अगाडि बढाउने प्रतिबद्धता गर्नु भएको हो।टि २० क्रिकेट प्रतियोगता समाजसेबी रामबाबु साह (जयगुरुदेव )को अध्यक्ष्ातामा भएको थियो । टि २० क्रिकेट टुनामेन्ट प्रतियोगिता मा स्थानिय समाजसेबी शम्भु कलवार, शिक्षक नजमुल होदा, राजु रौनियार लगायत ले खेल को शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो। खेलमा कल्ब का फरियाद मियाँ,संतोष साह तेली,मुकेश पटेल,अटल बिहारी साह लगायत को सहभागिता रहेको थियोे । टि२० सामुहिक युवा कलब बसन्तपुर को अायोजना भएको टि२० क्रिकेट प्रतियोगिता अाज भएक खेल मा कालिकामाई र बिन्दबासनी गाउँपालिका बिच खेल भएको थियो कालिकामाई क्रिकेट टिम ले पहिलो टस जिति गरेको ब्याटिङ मा अौल अोभर खेलि ६ बिकेट गुमाउदै १५३ रन बनाएको थियो भने बिन्दबासनी क्रिकेट टिम ले १० अोभर मा अौल बिकेट गुमाउदै ७० रन बनाए र पराजित भएको थियोे । अाज को खेल मा कालिकामाई ले ८३ रन बाट जित हासिल गरेका छन।खेल को मैनअफ दि मैच कालिकामाई का खेलाडी मनु कुमार ले ३७ रन बनाउदै ४ बिकेट लिएको थियो।