बीरगंज । प्रेस चौतारी नेपाल पर्सा शाखाको बैठक आज अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा बसि महत्वपूर्ण निर्णय गरेको छ । बैठकले यसै महिनाको २४ गते गर्ने भनिएको पाँचौ जिल्ला अधिबेशन केही प्राबिधिक कारणले यसै महिनाको १७ गते स्थानीय कुमु प्यालेस होटलमा गर्ने निर्णय भएको छ । बैठकले नयाँ सदस्यता र पुराना सदस्य हरुको नाम ३ दिनभित्र टुङ्गो लगाउने निर्णय भएको छ । बैटकमा चौतारीका केन्द्रीय उपाध्याक्ष लालबाबु शेष, नेताहरु केसी लामिछाने, महेश दास लगायतको सहभातिा रहेको थियो ।
