वीरगन्ज । वीरगंज महानगरपालिका मा रहेको प्रख्यात नारायणी रंगशालामा वीरगन्ज युवा चैंप्स क्लब मुरली द्वारा २०७८/०८/२५ गते देखि वीरगञ्ज का विभिन्न कलेज हरु बिच डिउज बौल ले टी-२० नोकआउट टुर्नामेन्ट आयोजना हुँदै आइरहेको छ। टी-२० नोकाउट टुर्नामेन्ट को आज प्रथम सेमी फाइनल क्रिकेट मैच ग्लोबल बिजनेस कलेज VS सेन्जेभियर्स बीच खेलिएको थियो । आजको मैच सेमीफाइनल को रूपमा खेलिएको थियो।जस मध्ये ग्लोबल बिजनेस कलेज ले पहिलो व्याटिङ गर्दा २० ओभरको समाप्तीमा ६ विकेट गुमाई १३० रन बनाएका थिए। ग्लोबल बिजनेस कलेज का खेलाडी निखिल सिंहले अर्धसतकीय पारी खेलेका थिए । उनले ५९ बौलको सामना गरी आफ्नो टिमको लागि ६५ रनको सर्वोत्कृष्ट योगदान दिएका थिए।उनले ६५ रनको योगदानमा ५ वटा चौका र दुइटा ठूलो छका प्रहार गरेका थिए। त्यस्तै विकास गुप्ताले २२ बौल को सामना गरी दुइटा छका लगाई २२ रन बनाएका थिए भने शेख इमरानले ११ बौल को सामना गरी एक छका को मदतले ११ रन जोड्न सफल भएका थिए।


यसरी ग्लोबल बिजनेस कलेज ले सेन्जेभियर्स लाई १३१ रनको लक्ष्य दिएको थियो। सेन्जेभियर्स ले ८ विकेट गुमाई २० ओभरको समाप्तीमा जम्मा १२३ रन बनाउन सफल भएका थिए जसकारण सेन्जेभियर्स लाई हारको सामना गर्नु पर्यो र खेलबाट बाहिर हुनु परेको छ। सेन्जेभियर्स खेलाडी मुना अहमदले ३५ बौल को सामना गरी पांच वटा चौका र एउटा छका को मदतले ४१ रन को पारी खेलेका थिए भने त्यस्तै समिर अन्सारीले २७ बौल को सामना गरी छौ वटा चौका को मदतले ३४ रन को योगदान दिएका थिए । अरबाज अन्सारीले २१ बौल को सामना गरी तीन टा चौका को मदतले टिमको लागि १५ रन बनाएका थिए। ग्लोबल बिजनेस कलेजका खेलाडी हरु को उत्कृष्ट ब्याटिङ र बौलिङको प्रदर्शनले गर्दा सेन्जेभियर्स लाई सजिलै संग पराजित गर्न सफल भए। ग्लोबल बिजनेस कलेज को निखिल सिंहको सानदार अर्धसतकीय बैटिङ को प्रदर्शनले र सानदार बौलिङ को प्रदर्शन गरेका हुनाले उनलाई मैच का मैन अफ द मैच घोषित गरिएको थियो । सिंहले ४ ओभर को समाप्तिमा २२ रन खर्च गरी तीन वटा महत्वपूर्ण विकेट लिएका थिए।त्यस्तै ग्लोबल कलेजकै शेख इमरानले ४ ओभरमा जमा १४ रन खर्च गरी दुई विकेट लिन सफल भएका थिए भने सोयब अख्तरले २ ओभर खर्च गरेर १० रन दिएर १ विकेट लिएका थिए।
यसरी ग्लोबल बिजनेस कलेज को खेलाडिहरू को उत्कृष्ट प्रदर्शन ले गर्दा उनिहरू लगातार तीन वटै मैच जितेर फाइनल मा जगह बनाउन सफल भएका छन्।