बीरगंज । मानवताको नगरी भनेर चिनिने सहर वीरगंजमा बिगत कयौ दिनहरूमा जरुरी अनुसार कपडा बैंक, राशन बैंक लगायत विभिन्न सेवाहरू संचालन हुदै आएको छ।
कोरोना काल देखि नै देशको दिनहुँ ज्याला मजदुरी गरी कमाई खाने हरू लाई जीवन जोगाउन धौधौ परेको थियो,त्यस समय वीरगञ्जका कयौ संस्था हरु द्वारा वीरगन्ज का निमुखा तथा रिक्शा चालक हरुलाई राशन को सहयोग गरिएको थियो भने अहिले अत्याधिक जाडो बढेको हुनाले यहाँको रिक्शा चालक तथा अति विपन्न वर्गका परिवार हरुको लागि समाजवादी विद्यार्थी युनियन द्वारा न्यानो कपडाहरू हिजो राती ८ बजे देखि १० बजे सम्म वितरण गरिएको हो। यो कपडा वितरण कार्यक्रम निरन्तर एक हप्ता चल्ने छ भने समाजवादी विद्यार्थी युनियन का पवन यादव द्वारा जानकारी गराइयो।
ठाकुर राम बहुमुखी क्याम्पसका समाजवादी विद्यार्थी युनियन द्वारा गरीब ,असहाय ,निमुखा घरपरिवार तथा रिक्शा चालक हरुलाई जाडो बाट आफूलाई बचाउन को लागि कम्बल, पाईन्ट,सर्ट, भेष्ट, मोजा जस्ता न्योनो कपडाहरू वितरण गरिएको छ।
आफ्नो ज्यान सम्झिने झै अरूको ज्यान पनि अमूल्य रहेको हुनाले चिसो बढ्नासाथ समाजवादी विद्यार्थी युनियन द्वारा सो कार्यक्रम चलाइएको कुरा यूनियनका पवन यादवले जानकारी गराउनु भयो । कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी विद्यार्थी नेता हरु रोशन केशरी,विशाल साह , कृष्णा साह,पावन यादव , सरफ्राज अहमद,विशेष साह लाई युनियन द्वारा हृदय देखि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा चाहिने सहयोगका लागि तत्पर रहनु हुने छ भने यादवले विश्वास व्यक्त गरेका छन ।