मिर्चैया । सिरहा जिल्लाकने कर्जन्हा नगरपालिका वडा नं. ८ गौतारीमा मंगलबार बेलुका करिब ७ बजे राति पुरन ठाकुरकाे घरमा विद्युत तार सर्ट भइ करिब १५ लाखकाे धनमाल सामाग्री क्षति भएको छ ।
गए मंगलबार दिउँसो विधुत मर्मत गर्नका लागि गाउँमै विधुतका कर्मचारीहरू आएको थियो । ठाकुरको श्रीमती ठकनि देवी ठाकुरले उनलाई भने मेरो घरमा जडान भएको विधुत मिटरमा केहि समस्य भएकाेदेखिन्छ एक पलट हेरदिनु विधुतका कर्मचारीलाई अाग्रह गरे तर विधुतका कर्मचारीले मर्मत र हेर्न मानेन कर्मचारीले उनला भने यसको लागि पहिला कार्यलयमा निवेदन दिनु त्यसपछि मात्र मर्मत गर्ने छु । भनेर विद्युतको कर्मचारी गए।
कर्मचारीकै लापरबाहीले गर्दा मेरो घरकाे विद्युतीय सर्ट भएर १० लाखदेखि १५ लाखकाे धनमाल सामाग्री क्षति भएको घर धनी पुरन ठाकुरले बताए ।
ठाकुरको घरमा आगो लागीरहेको वेला तत्काल निभाउनका लागी घरका सम्पुर्ण सदस्यहरु ,छर छिमेकीले पानी लिएर नियन्त्रणमा लिएको थियो । सोही वडाका वडा अध्यक्ष प्रकाश अधिकारीलाई जानकारी भए पश्चात् पीडितको घर पुगे ।
पीडितकाे घर जलेरको समानको अवलोकन गर्दै कर्जन्हा नगरपालिकाका नगर प्रमुख ,जिल्ला सिरहाका सभापति र रेडक्रस सोसाइटी उपशाखा कर्जन्हाको सभापति लगायत सम्बन्धि व्यक्तिहरुले क्षतिपूर्ति दिलाउने हामी पहल गर्ने छाै र
पीडित परिवारलाई तत्काल राहत दिने व्यवस्था गर्ने सिरहा जिल्ला सभापति रामचन्द्र ठाकुरले भने।
कर्जन्हाका नगर प्रमुख गंगा पासमानले विद्युतीय कर्मचारीलाई आज नै कार्यालयमा बोलाएर के कस्तो हो भने पत्ता लगाएर कानुनी कर्वाही गर्ने पासमानले जनाए ।साथै यस्तो घटना आब अरु कसैको घरमा नहोस र नाङ्गो तार भएको चोरी गरेर विद्युतीय बल्ल नबाल्न समेत आग्रह गर्नुभएको छ।पीडितलाई नगरपालिकाबाट क्षति बराबरको सहयोग गर्ने वहाँले भने।
रेडक्रस उपशाखा कर्जन्हाका सभापति सरोज कुमार पासमानले पनि पीडित परिवारलाई क्षतिपूर्तिको लिस्ट ,नागरिकता र वडा बाट सिफारिस लिएर सम्बन्धि कार्यालयमा छिटोभन्दा छिटो सम्पर्क गर्ने पीडित पुरन ठाकुरलाई सभापति पासमानले आग्रह गर्नुभएको छ।