वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–स्थित भानुचोक क्षेत्रको एक लजमा आइतबार बिहान एक भारतीय दम्पती झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
भानुचोकमा रहेको नवदुर्गा लज मा विगत तीन दिनदेखि बसोबास गर्दै आएका उनीहरू कोठाभित्र झुन्डिएको अवस्थामा देखिएपछि लज सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार करिब ४० वर्षीय पुरुष र ३५ वर्षीया महिलाको शव फेला परेको हो। उनीहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन।
प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत ले घटनाबारे जानकारी दिँदै शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको बताए।
घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।