बीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाका सम्पुर्ण जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गहरुलाई कम्बल,छाता र लाईट बितरण गर्ने कार्यक्रम अनुसार आज गाउँपालिकाको वार्ड नः ४ तुल्सीबर्वाका जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा आंशिक अपाङ्गलाई नेकपा एमाले पर्साका जिल्ला सचिव तथा गाउँपालिका अध्यक्ष मनोज गुप्ताले कम्बल,छाता र लाईट बितरण गरि सम्मान कार्यक्रम सम्पन गर्नुभएको छ।
गाउँपालिकाको आयोजनामा वडाभित्र रहेका २ सय ७६ जना जेष्ठ नागरिक,एकल महिला, अपाङ्ग तथा आंशिक अपाङ्गलाई आईतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
गाउँपालिकाको वडा नं. ४ का वडा अध्यक्ष बालक राउत गद्दीको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेका जिल्ला सचिव तथा गाउँपालिका अध्यक्ष गुप्ता रहनु भएको थियो।
कार्यक्रमको सञ्चालन मकबुल मियाले गर्नुभएको थियो । कार्यक्रममा रामनाथ राउत कुर्मी,पंचानंद पाण्डे ,अँगालि दुवे,रामबहादुर साह, नेपाल प्रहरीलगायतका विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको रहेको थियो।