बीरगन्ज । मध्यमस्तरीय करदाताहरु सित कर कार्यालय बीरगंज पर्साले मंगलबार बीरगन्जमा अन्तरक्रिया गरेको छ । मध्यमस्तरीय कार्यालय, काठमाण्डौं तथा वीरगञ्ज उद्योग वाणिज्य सङ्घ सयुक्त आयोजनामा मध्यमस्तरीय करदाता को अन्तरक्रिया कार्यक्रममा करको नयाँ नीति र कर सम्बन्धी जानकारी दिइएको थियो ।
कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष अनिलकुमार अग्रवालको सभापतित्वमा तथा मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर प्रशासक शम्भूप्रसाद मरासिनीको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा सङ्घका उपाध्यक्षद्वय हरि गौतम, माधव राजपाल, महासचिव मनोजकुमार दास, कर अधिकृतहरुका साथै सङ्घका पदाधिकारी, कार्यसमिति सदस्य र विभिन्न सङ्घ, संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।