बीरगंज । गौर नगरपालिकाले आज जेष्ठ नागरिक लाई सम्मान गर्नुका साथै कम्बल बितरण गरेको छ । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक लाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै चिसो बाट बच्न कम्वल बितरण गरेको हो ।
गौर नगरपालिका वाड नं ७ मा बसोबास गर्ने सय भन्दा बढी जेष्ठ नागरिक लाई चिसो वाट बच्न का लागि चाहिने कमबल , सोल, ट्रच तथा चमनप्रास बितरण गरेको छ ।
जेष्ठ नागरिक समाज को अभिभावक भएको र आज भोलि का छोरा छोरी ले आमा बुबा लाई अनादर गरेको देख्दा आफ्नो चित दुख्ने गरेको मेयर गुप्ता ले बताएका छन् । पालिका भरिका जेष्ठ नागरिक लाई तिर्थ यात्रा गराउने सोच रहेको मेयर गुप्ता ले बताएका छन् ।
कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय गुप्ता प्रमुख प्रशासकीय अधिकृत सुभास ठाकुर वाडा नं ७ सिसवा का वाडा अध्यक्ष मो. मजहर खान लगाएत जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।