

वीरगञ्ज । खाद्य प्राविधि तथा गुणनियन्त्रण डिभिजन कर्यालयको वार्षिक कार्यक्रम अन्तर्गत डिभिजन कार्यालयको आयोजना तथा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगञ्जको सहअयोजनामा वीरगञ्जको रोयल पार्टी प्यालेशमा वीरगञ्जका होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस, मिठाइ पसलहरुलाई खाद्य स्वच्छता, गुणस्तर, स्तरिकरण तथा लोगो बितरणको लागि आवश्यक प्रक्रियाको बारेमा छलफल एवं अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जनकपुरका अधिकृत श्रीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा वीरगञ्जका ५२ ओटा होटलका सञ्चालक एवं प्रबन्धहरुको उपस्थित थियो । कार्यक्रममा डिभिजन कार्यालयले आफ्नो कार्य पत्र प्रस्तुत गर्दै होटलको स्तरिकरणको प्रक्रिया तथा होटल पूरा गर्नु सामान्य अवस्थाको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा डिभिजन कार्यालय वीगञ्जका प्रमुख बिक्की राउतले स्वागत मन्तव्य राख्दै अन्तक्रिया कार्यक्रम को विषय बस्तु माथी प्रकाश पार्नु भएको थियो । कार्यक्रममा उहा“ले अब चा“डै वीरगञ्जका होटलहरुको वर्गीकरण तथा स्तरिकरण गरिने बताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरीक्षक रमेश बस्नेत, लर्ड्स दियालोका सञ्चालक अनुज रुङ्टा, मोहन प्रधान र रञ्जेश श्रेष्ठलगायतले आफ्नो मन्तब्य प्रकट गरेका थिए । यसअघि सोही सभाहलमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले वीरगञ्जका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतलाई स्वागत गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न गरेको थियो ।