बीरगंज । अखिल नेपाल पिछडावर्ग (OBC) महासंघको केन्द्रिय कमिटीको आज एक कार्यक्रमका बीच प्रथम बैठक सम्पन भएको छ । मिथिला नगरपालिकाको सभा हलमा बसेको प्रथम बैठकले नवगठित अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय कमिटी लगायत सम्पूर्ण पदाधिकारीहरुको शपत ग्रहण कार्यक्रम सहित महत्पूर्ण निर्णयहरू गरी सम्पन भएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय इन्चार्ज रामलाल साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमले अखिल नेपाल पिछडावर्ग महासंघका प्रदेश नं १ को संयोजकमा मदन किशोर कामत , प्रदेश नं २ को संयोजकमा सिपी यादव , प्रदेश नं ५ को संयोजकमा पशुपति यादवलाई मनोनित गरेको ओविसी महासंघका केन्द्रिय उपाध्यक्ष अकलेश साहले बताए ।
कार्यक्रममा बोल्दै उपाध्यक्ष साहले गँहु र मकैको लागि आवश्यक युरिया र डिएपी मल अभावका कारण यसपालि पनि किसानहरु पिडित बनेका छन । सरकारले किसानलाई चाहिने आवश्यक मल समयमै व्यवस्थापन नगर्दा बर्षेनी किसानहरु धान र गहुँको मुख्य सिजिनमा मारमा पर्ने गरेको उपाध्यक्ष साहले बताए ।सरकारले समयमै मल व्यवस्थापन नगरे कडा आन्दोलन समेत गर्ने उपाध्यक्ष साहले बताए ।
उक्त कार्यक्रममा ओविसीका केन्द्रिय अध्यक्ष तेजप्रकाश निषाद , उपमहासचिव धनराज गुप्ता , केन्द्रिय सदस्य प्रमोद राज पटेल , राजेश सहनी , राजन साह कानु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण ओबिसिका महासचिव जय प्रकाश महतोले गर्नु भएको थियो ।