वीरगञ्ज, २० पुष । अवैध रुपमा नेपाल भित्रिएको भारतीय एउटा भारतीय सवारी साधनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल भित्र अवैध रुपमा प्रवेश गरेर जिल्लाको ग्रामीण भागमा अनाधिकृतरूपमा भारतीय गाडी चलाइरहेको सूचना आएपछि प्रहरीले गाडी खोज्न सुरु गरेको थियो ।
खोज्ने क्रममा सोमबार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले विआर ०५ एच ४९९५ नम्बर महिन्द्रा कम्पनिको स्कर्पियो वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित सडकखण्डबाट बेवारिसे अवस्थामा पार्क गरी राखेको अवस्थामा फेला पारेको थियो ।
हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा बरामद गाडीको १५ लाख रुपैयाँ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।