बीरगंज । बारा जिल्लाको मटिआर्वा नाकाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ब्यापक तस्करी शुरु भएको समाचार प्राप्त भएको छ ।
पर्सा प्रहरीले अबैध रुपमा हुने गरेको तस्करीमा कडाई गरेपछी अहिले तस्करहरु सशस्त्र प्रहरी र प्रहरी सहयोगले बाराको बिभिन्न नाकाहरुबाट तस्करी गर्दै आएको स्थानियहरुले बताएका छन ।
तस्करहरुले अहिले बाराको मटिआर्वामा रहेको प्रहरी चौकीका प्रहरी हवल्दार उपेन्द्र प्रसाद यादवलाई नजराना दिएर दैनिक ५० लाख रुपैया भन्दा बढीको भन्सार छलेर अबैध रुपमा भैसी , रांगा, लत्ता कपडा , हाडयेवर भित्रयाउने गरेकाछन । प्रहरी हवल्दार यादवले मेरो माथि पहुंच भएकोले डिआईजी समेतको नाउँमा पैसा उठाइरहेको एक स्रोतले जनाएको छ । यति मात्र होइन प्रहरी हवल्दार यादवले गाउँका सर्वसाधारणलाई विना काम दुःख दिँदै आएका एक जना गाउँलेले बताएका छन् । गाउँबाट सर्वसाधारण जनता भारतको बजारबाट दैनिक उपभोग्य वस्तु लिएर आउँदा डराई धमकाई सर्व साधारणबाट पैसा लिने गरेका एक जनाले बताएका छन् ।
प्राप्त समाचार अनुसार सो नाकावाट राती प्रतेक गोटा भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरिरहेको छ भने सो नाकामा रहेको प्रहरी हवल्दार यादवलाई सशस्त्र प्रहरी र जनपत प्रहरीको नाउँमा प्रती भैसी ५ सय रुपैयाको दरले तस्करहरुले दिदै आएको नाम नबताउने शर्तमा एक जना तस्करले बताएका छन।
अहिले बाराको मटिअर्वा नाकाबाट दैनिक रातीको समयमा भारतबाट भैंसी, रांगा, लत्ता कपडा , मदिरा लगायतका लाखौ रुपैया बराबरको सामानहरु तस्करहरुले अबैध रुपमा त्रियाउने गरेपनी बारा जिल्लाका नाकाहरुमा बसेका सशस्त्र प्रहरी नजरना बुझेर आखामा पटटी बाधेर चुप लागेर बस्ने गरेका छन ।
बाराको मटिअर्वा नाकाबाट तस्करी गराई रहेका प्रहरी हवल्दार यादव तर्फ समबन्धित निकायका ध्यान जान यति आवशयक देखिएको छ।