

बिरगंज । पर्सा प्रहरीले २ वटा मोटरसाइकल चोरी गर्दागर्दै ३ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ।मिति २०७८।०९।२० गते अं.२१:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको सवारीधनी जि.बारा सिम्रौनगढ न.पा. वडा नं.४ घर भई हाल वीरगञ्ज म.न.पा.वडा नं.१५ डेरा गरी बस्ने आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नम्बरको २०० सीसीको कालो र रातो रंगको एन.एस. पल्सर मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मो.सा. र चोरीमा संलग्न बि.म.न.पा. १५ बस्ने वर्ष २० को अवधेश महतो र सोही ठेगानामा बस्ने वर्ष २१ को सुवास तिवारीलाई नियन्त्रणमा लिएको छ । साथै मिति २०७८।०९।२० गते नै अन्दाजी १२.३० बजे जिल्ला पर्सा वी.म.न.पा.वडा नं.१४ बस्ने दिलीप पाण्डेले घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको २०० सीसीको कालो र रातो रंगको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा डिउटीमा रहेको प्रहरी टोलीले मो.सा. र चोरीमा संलग्न जिल्ला बारा कोल्हबी नगरपालिका वडा नं.९ बस्ने बर्ष १९ को सबिन चौधरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका तिनै जनालाई चोरी सम्बन्धी कसूर मुदामा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताए ।