वीरगन्ज २७ कार्तिक : ब्रिटानिया नेपाल प्रालिमा मजदुर हडताल शुरू भएको छ । वीरगंज– २१ लिपनविर्तामा रहेको उद्योग परिसरमा विगत चार दिनदेखि मजदुर ट्रेड यूनियानको नेतृत्वमा आन्दोलन शुरू गरिएको हो । उद्योग व्यवस्थापन पक्षले१२ जना स्थायी मजदुरहरूलाई कामबाट गैरकानुनी किसिमले निकालेको भन्दै उनीहरूको पुर्नबहालीको माग गर्दै मजदुहररू उद्योगको उत्पादन बन्द गरी आन्दोलनमा उत्रेको नेपाली काङग्रेस निकट कारखाना श्रमिक संघ इकाई अध्यक्ष राजेश्वर महतोले बताए । उद्योगले १२ जनालाई श्रम ऐन आचरण विपरित गतिविधि गरेको र विभिन्न समयमा उद्योगमा बन्द हडताल गरी उद्योग भित्र समान पैठारी, निकासी गर्न समेत रोक लगाएको तथा उद्योगका स्टाफहरूलाई मुलगेटमा अवरोध गरेको व्यवस्थापन पक्षले दावी गरेको छ । कारखाना प्रबन्धक प्रबोध खेरले उद्योगको बदनामी गर्न मजदुरहरूले बन्द हडताल गरेको बताए । उनले निकालिएका मजदुरहरूको सम्बन्धमा कुनै सम्झौता हुने अडान राखेका छन