बिरगंज । पोखरीया नगरपालिका अन्तर्गत बैरिया बिर्ता आयुर्वेद औषधालयले आफ्नो कार्यालय प्राङ्गणमा जेष्ठ नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरेको छ।
स्थानिय जेष्ठ नागरिकहरुलाई अभिमुखीकरण कार्यक्रममा औषधालयका प्रमुख डा. रवीन्द्र कुमार यादव र वैध निरीक्षक दीपेन्द्र कुमार झा ले नसर्ने रोग,वृद्ध अवस्थामा देखा पर्ने स्वस्थ समस्या जस्तै मधुमेह, बात व्याधि,शारीरिक कमजोरीअन्य जीर्ण रोग सम्बन्धी जानकारी गराउनुका साथै अपनाउनु पर्ने उपायको बारेमा प्रशिक्षण दिनु भयो।उपस्थित जेष्ठ नागरिक हरुको रगतमा चिनीको जाँच (blood sugar test) गरेर रसायन आयुर्वेद औषधि अश्वगन्धा,आमलकी, महा नारायण तेल वितरण गरिएको थियो।बात व्याधि, नशा सम्बन्धी रोग का बिरामीलाई नाडी स्वेदन विधिबाट सेकाई समेत गरियो।
पोखरीया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष श्री राम बाबु प्रसाद चौहान ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ३७ भन्दा बढी जेष्ठ नागरिक ले सेवा लिएको र यसबाट जेष्ठ नागरिकहरुमा लुकेर रहेको उमेर जन्य रोग समयमै पहिचान भई जटिलताबाट बच्न सक्ने कार्यालयका प्रमुख डा रवीन्द्र कुमार यादव ले जानकारी दिनु भयो।