वीरगंज,कार्तिक २८
शुभ दिपावली ,तिहार तथा छठ पर्वको अवसरमा आज वीरगंजमा वृहत सरसफाई गरिएको छ । समाज परिर्वतन नेपाल, वीरगंज केयर क्लब, ओविसी पर्सा, वीरगंज महानगरपालि र जिल्ला प्रहरी कार्यलय पर्साको सहकार्यमा सरसफाई कार्यक्रम गरिएको हो । समाज परिर्वतन नेपालका अध्यक्षय अकलेश साहको अध्यक्ष्तामा सम्पन्न कार्यक्रममा घण्टाघर र बाबा रामजनम तिवारीको शालिकमा वृहत सरसफाई गरिएको थियो । । वीरगंज महानगरको वारुण यन्त्र र सफाई कर्मचारीको सहयोगमा सफाई गरिएको थियो । कार्यक्रममा मा ट्रफिक प्रहरीका लेखनाथ पुरी, ओविसीका जिल्ला सह सचिव राजन साह, सदस्य संदिप महत्तो, वीरगंज केयर क्लवका अध्यक्षय कुनाल पटेल, उपाअध्यक्ष राहुल पटेल, सचिव चन्द्र देव मंडल, कोषअध्यक्ष आशिष चर्तुवेदी, सदस्यहरु सुमित पटेल, साबाज अहमद, रोहन साह, लगायतको सहभागीता रहेको थियो ।