बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर १ को कार्यालयको कार्यालय समयमा कर्मचारी आउन छाडे पछी स्थानीय यूवाहरूले वडा कार्यालयमा गई प्रदर्सन गरेका छन ।
कार्यालयमा कर्मचारीहरू मन परि ढंगले काम गर्ने गरेको र एउटा सिफारिस गराउन आएका व्यक्ति लाई दुई देखि तिन दिन सम्म झुलाउने गरेको स्थानीय सेवाग्राहीहरुको आरोप रहेको छ । एउटा सामान्य सिफारिस गराउन नि कर्मचारी समयमा आउदा दिनै लगने गरेको स्थानीय बासिले आरोप लगाएका छन् ।
महानगरपालिकाले वाड नं १ मा ७० वर्ष भन्दा माथि २०० जना का लागि कम्वल ,सल , टर्च पठाएको पनि वाडा अध्यक्ष तथा सचिव को गैर जिम्मेवारीका कारण बितरण हुन नसकेको बृद्ध वृद्धा हरूले बताएका छन् ।
वाडा अध्यक्ष को गेर जिम्मेवारी को बिरोध गर्दै नेकपा एमाले का नेता तथा कार्यकर्ता हरु आज प्रदर्सन समेत गरेका छन् । कठारिदो चिसोमा पनि महानगरपालिकाले पठाएको समान बितरण नगरिने तथा समयमा कर्मचारी कार्यालय समस्या समाधान नभए वाडा कार्यालय तालाबन्दी गर्ने नेकपा एमाले महानगरपालिका सदस्य बिरेन्द्र कन्ठले बताउनुभयो ।
सचिव बिदामा भएको र आफु बिहान देखि नै जन्ता कै सेवामा झैझगडा, पन्चाईती लगाएतका काममा बिजि हुने भएकाले अलि समस्या भएको र वाडा सचिव आए लगतै महानगरपालिका ले पठाएको समान बितरण गरिने वाडा अध्यक्ष मनोज गुप्ताले बताएका छन् ।