बीरगन्ज । पर्सा जिल्लाको धोबिनी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजु साहको सरुवा गराउने गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मीको प्रयास असफल भएको छ ।
गाउँपालिकाको कामकाज छोडी प्रमुख प्रशासकिय अधिकृत साहको सरुवाको लागि दुई महिनादेखि काठमाडौंमा बसेका गाउँपालिका अध्यक्ष कुर्मीको प्रयास असफल भएको हो । विगतमा गाउँपालिकामा भएको भ्रष्टाचार प्रमुख प्रशासकिय अधिकृत साहले खोजबिन गरेपछि उनको सरुवाको लागि अध्यक्ष कुर्मी लामो समयदेखि काठमाडौंमा बसेका थिए ।
प्रमुख प्रशासकिय अधिकृत साहको सरुवा गर्न संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नमानेपछि अध्यक्ष कुर्मी गाउँ फर्किएका हुन् ।
सरुवा गराउने प्रयास असफल भएपछि गाउँ फर्किएका अध्यक्ष कुर्मीले अब नयाँ योजना बनाएका छन् । अध्यक्ष कुर्मीले शुक्रबार बोलाएको बैठकमा प्रमुख प्रशासकिय अधिकृत साहलाई दुर्व्यवहार गर्ने योजना बनाएको गाउँपालिका स्रोतले जनाएको छ ।
प्रमुख प्रशासकिय अधिकृत साहलाई दुर्व्यवहार गर्न सफल भएपछि उनी आफै गाउँपालिका छोडेर जाने अध्यक्ष कुर्मीको योजना रहको छ ।