वीरगंज,कार्तिक ३०
पर्साको बहुदरमाइ नगरपालिका ८ रामनगरीमा गएराती आगलगी हुदा एकजना बालिकाको मृत्यु भएको छ । स्थानिय मनबोध साह तेलीको फुसको घरमा आगो लाग्दा १५ बर्षको छोरी मना कुमारी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलगीमा परी गर गहना, लता कपडा, भाडाकुडा जलेर अन्दाजी ५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कर्यालय पोखरियाका प्रहरी निरिक्षक दीपक थापाले जानकारी दिनु भयो । लक्ष्मीपुजाको दिन बालिएको दियोबाट आगलागि भएको प्रहरीले जनाएको छ ।