बिरगंज । पर्साको पोखरिया नगरपालिकामा ईलाका प्रसाशन कार्यालय ,मालपोत तथा नापी शाखा र मतदाता नामावली दर्ता सम्बन्धी सरकारी कार्यालयहरु स्थापनाको माग गरिएको छ ।
सरकारी कार्यालयहरु वीरगञ्जमै केन्द्रित हुँदा ग्रामिण क्षेत्रका सेवाग्राहीलाई सास्ती खेप्नुपरेको हुँदा जिल्लाको मध्य भाग पोखरियामा स्थापना गर्नुपर्ने माग उठेपछि संघर्ष समिती गठन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार, नापी शाखाहरू पोखरियामा स्थापना गर्नका लागि लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) का नेता निजामुद्धिन समानीको संयोजकत्वमा २३ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।