बिरगंज । चिसोको मौका छोपी मोफसलमा चोरीका घट्नाहरु वृद्धि भएका छन् ।
प्राप्त समाचार अनुसार वीरगञ्ज वाईपास सड्कमा अवस्थित रेणुका पेट्रोल पम्प अगाडीबाट हिजो राती चोरहरुले ना ४ ख ३५९६ नम्बरको ट्यांकर चोरी गरेका छन् । राती ९ बजेसम्म पम्प अगाडी रहेको ट्यांकर विहान सो स्थानमा नभेटिएपछि ट्यांकर धनी सुनिल कुमार बढईले वडा प्रहरी कार्यालय श्रीपुरलाई खबर गरेका थिए । प्रहरीको सहयोगमा चोरी भएको स्थानभन्दा करिब २ कि.मी. वीरगञ्ज–कलैया सडक खण्डमा ट्यांकर भेटिएपनि त्यसका टायर भने चोरहरुले निकालेर लगेको बढईले बताए ।
विगतका दिनहरुमा समेत यसप्रकारका घटनाहरु भईसक्दा पनि प्रहरीले सडक निगरानी गर्न नसक्दा बारम्बार यस प्रकृतिका घटना दोहोरिरहेको पाईएको छ । चिसो तथा कुहिरोको मौका छोपी चोरहरुले यस प्रकारका घटनाहरुलाई दोहो¥याउनुलाई चोरहरुले प्रहरीलाई नै चुनौति दिएको जस्तो देखिएको बढईको ठ्म्याई रहेको छ । उनले यस प्रकारको संवेदनशिल उत्पादन ओसार पसार गर्ने ढूवानीको माध्यमलाई चोरहरुले सहजै चोरी गर्न सक्नु भनेको प्रहरीको तदारुकतामाथि नै प्रश्न खडा भएको छ ।