बिरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा आलोपालो दिनमा सेवाग्रहीहरुको कार्य हुने सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनु भएको छ । कोभिड संक्रमण बढ्दै गए पछि जिल्ला कोभिड नियन्त्रण समिति ले भिडभाड कम गरी कोभिड मापदण्ड अपनाएर सेवा दिन सबि कार्यालय लाई निर्देशन दिएको छ । जिल्ला प्रशासन मा अब पर्सा का पालिकाहरु को कार्य अब साता मा मात्र २ दिन हुनेछ ।
आइतवार र सोमबार का दिन कालिकामाई गाँउ पालिका , ठोरी गाँउ पालिका, पकाहा मैनपुर गाँउ , धोबिनी गाँउ पालिका, छिपहरमाई गाँउ पालिका र पटेर्वा सुगौली गाँउ पालिका को सेवाग्रही को कार्य हुने छ । मंगलबार र बुधवार का दिन जगरनाथपुर गाँउ पालिका , विन्दवासनी गाँउ पालिका , पोखरीया नगर पालिका, पर्सागढी नगर पालिका र बहुदरामाई नगर पालिका रहेको छ । बिहीवार र शुक्रवार जिरा भवानी गाँउ पालिका, सखुवा प्रसौनी गाँउ पालिका र बीरगन्ज महानगर पालिका का सेवाग्रही को कार्य हुनेछ ।