बिरगंज ।बीरगन्जबाट लागूऔषध ओसारपसारमा गर्ने एक जना महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पर्सास्थित बीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेटबाट करिब १० किलो अवैध लागूऔषध चरेशसहित रौतहट पिपरीया परेवा घर भएकी ४२ वर्षीया रञ्जु देवीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
देवीले ढाड, खुट्टामा पहेलो रंगको कपडाको डोरीले बाँधी अड्कार ज्याकेटको दुवैतर्फको खल्तीमा लुकाएको अवस्थामा चरेश फेला परेको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उक्त चरेशसहित फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद लागूऔषध र पक्राउ परेकी महिला माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबकता तथा सूचना अधिकारी प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताएका छन ।