बिरगंज । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ ।
पोखरीया नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लागि १५३ जना छनोट भएका थिए । छनोट भएका हरुलाई नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै ५ दिन भित्र नगरपालिकामा सम्पर्क गर्न आव्हान गरेको थियो ।
नगरपालिकाले आव्हान गरेको मिति भित्र नगरपालिकामा १५३ जना मध्ये १०६ जनाले सम्पर्क गरी काम गर्न इच्छुक भएका थिए भने ४७ जनाले अनुपस्थित भएका थिए । १५३ जना मध्ये १०६ जना सहभागी भए पछि नगरपालिकाले फेरि बाँकी रहेका ४७ जनाको लागि फेरि सूचना जारी गर्दै नयाँ पदपूर्तिका लागि आव्हान गरेको थियो ।
नगरपालिकाले आव्हान गरेको नयाँ पदपूर्तिका लागि ४७ जना छनोट गरी १५३ जनालाई काम गर्न आव्हान गरेपछि सम्पर्कमा नआएका ४७ मध्ये १ जनाले काम गर्न इच्छुक भए पछि समस्या उत्पन्न भएको थियो ।
पुरानोमा छनोट भई नगरपालिकामा सम्पर्क राख्न नआएका व्यक्तिले फेरि काम गर्न इच्छुक भएकोमा समस्या उत्पन्न भएको छ । अब एक जनाको लागि छनोट गरिएका ४७ जनालाई हटाउने प्रयासमा नगरपालिकाले लागिपरेको छनोट भएका व्यक्तिहरूले दुःखेसो पोखेका छन् ।
स्थानिय आशा चौहानको नेतृत्वमा नगरपालिका पुगेका ४७ जनाले कामको लागि नगर प्रमुख संग आग्रह गरेका थिए । आफू हरुको बस्नका लागि राम्रो घर नभएको , काम नगरी राति खान सक्ने अवस्था नरहेको बताउँदै हामीहरुलाई नै काम राख्नु भन्दै आग्रह गरेका थिए।
उनीहरूको कुरा सुनेपछि नगर प्रमुख दिपनारायण रौनियारले हालका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम स्थगित गरेका थिए । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका कार्यालय प्रमुख बिदा गएपछि उहाँ आए मात्र सोध पुच गरी कार्यक्रम मात्र सञ्चालन गरिने नगर प्रमुख रौनियारले बताएका थिए ।उक्त कार्यक्रममा सामाजिक अभियन्ता भगवान दास लगायतको उपस्थिति रहेको थियो ।
छनोट गरिएका ४७ जना मध्ये केहीको घरको दृश्य तस्बिर बाट देख्न सकिन्छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)

.jpeg)
.jpeg)
.jpeg)