वीरगंज । करोना भाईरस संक्रमण कोभिड १९ को पहिलो र दोस्रो लहर पार गर्दै तेस्रो लहर शुरु हुन लागेको बेला पर्सा प्रहरीले आफ्नो सामाजिक दाईत्व पुरा गरेको देखिन्छ।

ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली पर्साले पटेर्वासुगौली गाउँपालीकाको विभिन्न ठाउँ तथा टोलमा नि:शुल्क मास्क वितरण गर्नुका साथै कोभिड संग जोगिन जनचेतना फैलाउदै गरेको छ ।
कोभिड १९ को तेश्रो लहर ओमिक्रोन नेपाल भितिरीएकोले पौष २८ गते वडा २ रङ्गपुरमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वमा गएको टोलिले मास्क वितरण गरेको छ।