

वीरगंज,मंसिर १०
श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय गर्दौलको भौतिक अवस्थाबारे मंगलबार अवलोकन गरिएको छ । बिन्दवासनी गाँउपालिका अध्यक्ष श्रीलाल साह कानु, निमित प्रमुख प्रसासकिय अधिकृत मुन्ना रौनियार, शिक्षा शाखा प्रमुख कपिल लामिछाने सहितको टोलीले बिद्यालयको अनुगमन गरेको हो ।टोलीले गर्दौलमा रहेको बिद्यालयमा १० सम्म कक्षा संचालनको लागि आवश्यक पुर्वाधारबारे बारे अवलोनक अनुगमन गरेको हो । बिद्यालयको भौतिक पुर्वाधार बिकाशको लागि १५ लाख रकम बिनयोजन गरिसकिएको र अपुग रकम सशर्त अनुदानबाट बिनयोजन गरिने गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले बताउनुभयो । उहाँले गाँउपालिका अन्र्तगत रहेका सम्पुर्ण बिद्यालयको भोतिक पुर्वाधार बिकाशको लागि बिशेष बजेट छुटयाइएको जानकारी दिनुभयो । अवलोकनको क्रममा अधिकांश बिद्यालयमा भौतिक पुर्वाधारको कमि देखिएको,कक्षा कोठाको अभाव देखिएकोले त्यसतर्फ बिशेष कदम चालिने निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियारले जानकारी दिनुभयो । कोभिड १९ कोरोना भाईरसका कारण प्रभावित बनेको पठनपाठनलाई पनि लयमा ल्याउन गाँउपालिकाले बिशेष योजना ल्याउन लागेको शिक्षा शाखा प्रमुख कपिल लामिछानेले बताउनुभयो ।