पर्सा । पर्साको पकाहा मैनपुर गाउँपालिका–स्थित ग्राम धोरे निवासी सत्यदेव साह गोढका छोरा ब्रिजेश साह यतिबेला जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्।
ब्रिजेशको दुवै मिर्गौला फेल भएपछि हाल भारतको लखनऊस्थित PGI मा उपचार भइरहेको छ। लामो समयसम्म उपचार गर्नुपर्ने अवस्था आएपछि परिवारमाथि आर्थिक भार थपिएको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आवश्यक रकम जुटाउन कठिन भइरहेको छ। यस्तो अवस्थामा ब्रिजेशको जीवन बचाउन परिवारले देश–विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त, इष्टमित्र, समाजसेवी तथा सहयोगी मनहरूमा आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।
तपाईंले गर्ने सानो सहयोग पनि ब्रिजेशका लागि जीवनको ठूलो आशा बन्न सक्छ। आज तपाईंको सहयोगले एउटा परिवारको खुसी फर्किन सक्छ।
सहयोगका लागि eSewa:
नाम: Satyadew Sah Godh
eSewa नं.: 9700077954