जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरधाम घोषीत भएको छ ।प्रदेशको स्थायी राजधानी सम्बन्धी प्रस्ताव पारित हुँदै जनकपुरधाम स्थायी राजधानी भएको छ ।आज खसेको कुल ७८ मत जनकपुरधामको लागि आएपछि बहुमतले पारित भएको हो ।प्रदेश साँसदको सँख्या १०४ जना रहेकोमा उपस्थिति ९९ जना साँसदहरुमध्ये स्थायी राजधानीको लागि ७८ जनाले जनकपुरधामको लागि मत हालेपछि बहुमतले जनकपुरधाम स्थायी राजधानी पारित भएको हो ।
प्रदेश सांसद परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरत प्रसाद साहले प्रस्ताव गरेको राजधानी जनकपुरधामको लागि प्रस्ताव पेश गरेका थिए । अहिले भर्खरै करिब ३ बजेर २७ मिनेटमा भोँटिँग सम्पन्न भएपछि राजधानी बहुमतले पारित भएको हो ।उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक तोक्ने प्रस्ताव परमेश्वर साहले पेश गरेपछि मतदान प्रक्रिया सुरु भएको थियो ।
स्थायी राजधानी बहुमतले पारित गर्नको लागि नियम बमोजिम ७० मत आवश्यक रहेकोमा उपस्थित ९९ जना साँसदमध्ये ७८ जनाले जनकपुरधामलाई छानेपछि बहुमतले स्थायी राजधानी जनकपुर पारित भएको हो ।अब नामको लागि मतदान प्रक्रिया सुरु हुने भएको छ । स्थायी राजधानी दुई तिहाई भन्दा अधिक मत पाएपछि जनकपुरधाम आजदेखि स्थायी राजधानी घोषित भएको हो ।