पर्सा । पर्साको पोखरिया नगरपालिका–९ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, शिवबर्वा पटवरीयामा ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।
ललन पटेलको संयोजकत्वमा सम्पन्न अभिभावक भेलाले रामायण ठाकुर हजाम , मिश्री साह कानु , गुलाबी देवी पण्डित र रामपती देवी कुर्मीलाई विद्यालय व्यवस्थापन समितिको सदस्यमा चयन गरेका छन् ।
पोखरिया नगरपालिका–९ का वडाध्यक्ष नौसाद आलमले विद्यालयको विकासमा वडा कार्यालयले आवश्यक सहयोग र समन्वय गर्ने बताए। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, व्यवस्थापन समिति र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक रामबाबु चौहानले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, व्यवस्थापन समिति र अभिभावकबीच निरन्तर समन्वय आवश्यक रहेको बताए। उनले विद्यार्थीको नियमित उपस्थिति, प्रभावकारी पठनपाठन र अनुशासन कायम गर्न विद्यालय परिवार प्रतिबद्ध रहेको जानकारी दिए।
भेला संयोजक ललन पटेलले विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक पक्षलाई थप व्यवस्थित बनाउनुपर्ने बताए। उनले विद्यालयको आवश्यकता र विद्यार्थीको हितलाई केन्द्रमा राखेर आगामी दिनमा काम गर्नुपर्नेमा जोड दिए।
समिति गठनसँगै विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधार, विद्यार्थीको नियमित पठनपाठन, शिक्षक तथा कर्मचारी व्यवस्थापन र विद्यालय तथा अभिभावकबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।
नवनिर्वाचित विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले अहिरले विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको सिकाइ उपलब्धि बढाउन आफूले प्राथमिकताका साथ काम गर्ने बताएका थिए । उनीहरूले शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय तहबीचको सहकार्यबाट विद्यालयको समग्र विकास सम्भव हुने धारणा व्यक्त गरेका छन् ।